परीक्षाफल खराब आएपछि एक विद्यार्थीले कलेजमा गरे चक्कु हमला, ८ जनाको मृत्यु, १७ घाइते
काठमाडौँ, २ मङ्सिरः चीनको वुस सहरस्थित एक कलेजमा एक जना विद्यार्थीले अन्धाधुन्दा चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
स्थानीय समयअनुसार साँझ ६:३० बजे उक्सीको यिक्सिङ आर्ट्स एन्ड क्राफ्ट्स भोकेसनल एन्ड ट्रेनिङ कलेजमा उक्त घटना भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा आक्रमणकारी विद्यार्थी २१ वर्षीय पुरुष र थर सु रहेको खुलेको छ। आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरिएको बीबीसीले जनाएको छ।
उक्त व्यक्ति यही कलेजमा पढ्थे र उनको परीक्षाको नतिजा खराब आएपछि कलेजले उनलाई डिप्लोमा दिन अस्वीकार गरेको बताइएको छ। साथै इन्टर्नसिपको पैसा कम पाएकाले पनि उनी आक्रोशित थिए।
सुले आक्रमण गरेको स्वीकार गरेका छन्।
प्रतिक्रिया