आणविक वार्ताका लागि हामि तयार छौँ : इरान
इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अन्य पक्षहरू आणविक वार्ताका लागि तयार भए आफूहरू पनि परमाणु वार्ताका लागि तयार रहेको बताएका छन् ।
इरानको परराष्ट्र मन्त्रालयले इरानको राजधानी तेहरानको भ्रमणमा रहेका अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएईए) का महानिर्देशक राफेल ग्रोसीसँगको भेटपछि उनले उक्त टिप्पणी गरेका हुन् ।
अराघचीले ग्रोसीसँगको आफ्नो वार्तालाई राम्रो र रचनात्मक भनेर वर्णन गरे । दुई पक्षले इरान, एजेन्सी र अन्य पक्षहरू बीचको आणविक मुद्दा सम्बन्धी तनाव कम गर्न नयाँ मार्ग पहिल्याउने विश्वास व्यक्त गरे । ग्रोसीसँगको बैठकपछि इरानका आणविक प्रमुख मोहम्मद इस्लामीले तेहरानले देश विरुद्ध आईएईए बोर्ड अफ गभर्नरले जारी गरेको कुनैपनि प्रस्तावलाई तत्काल जवाफ दिने चेतावनी दिए ।
एक संयुक्त पत्रकार सम्मेलनमा इस्लामीले इरानलाई दबाबबाट प्रभावित नहुने र आफ्नो राष्ट्रिय हितको ढाँचामा आफ्नो आणविक कार्यक्रमलाई अगाडि बढाउने बताए । इरानी आणविक प्रमुखले आईएईएसँग अन्तरक्रिया कायम राख्ने इच्छा पनि व्यक्त गरे । आफ्नो पक्षको लागि ग्रोसीले इरानको आणविक केन्द्रहरूमा आक्रमण गर्नु नहुनेमा जोड दिए ।
इजरायलले इरानका आणविक स्थलहरूमा आक्रमण गर्ने धम्कीको बारेमा सोधिएको प्रश्नको जवाफमा उनले आणविक प्रतिष्ठानहरू कुनैपनि आक्रमणको अधीनमा हुन नहुने कुरामा जोड दिए ।
प्रतिक्रिया