प्यालेस्टिनी लडाकूहरूद्वारा गाजामा इजरायली बन्धक ट्रुपानोभको नयाँ क्लिप जारी
काठमाडौँ, ३० कात्तिकः हमाससँग सम्बद्ध प्यालेस्टिनी लडाकू समूहले यस हप्ताको सुरुमा पहिलो भिडियो प्रकाशित गरेपछि सन् २०२३ अक्टोबरको आक्रमणपछि गाजामा राखिएको इजरायली बन्धक सासा ट्रुपानोभको नयाँ क्लिप शुक्रबार जारी गरेको छ ।
बुधबार जारी गरिएको अघिल्लो भिडियोमा आफन्तहरूले पहिचान गरेका ट्रुपानोभले इजरायलको शासक गठबन्धनका सदस्य सेफार्डी अल्ट्रा–अर्थोडक्स पार्टी सासका नेता आर्यह डेरीसमक्ष आफू र गाजामा रहेका अन्य बन्धकहरूलाई मुक्त गर्न सहयोग गर्न अपिल गर्नुभएको थियो ।
सास पार्टीले यहुदी धार्मिक कर्तव्यअनुसार सम्भव भएसम्म बन्धकहरूलाई मुक्त गराउन सहयोग गर्दछ । सेप्टेम्बरमा डेरीले बन्धकहरूलाई फिर्ता ल्याउने कार्यलाई ‘पवित्र कर्तव्य’ भनेर वर्णन गर्नुभएको थियो । उन्तिस वर्षीय ट्रुपानोभ रूस–इजरायली द्विनागरिक हुनुहुन्छ । उहाँलाई गाजा सीमामा निर ओज किब्बुत्जबाट उहाँकी प्रेमिका सापिर कोहेनसँगै अपहरण गरिएको थियो ।
उनका आमा र हजुरआमा पनि अपहृत हुनुभएको थियो र नोभेम्बर २०२३ मा एक हप्ताको युद्धविराम र बन्धक–कैदी विनिमयमा मुक्त हुनुभएको थियो । उहाँका पिता भिटाली सन् २०२३ को अक्टोबर ७ को आक्रमणमा मारिनुभएको थियो । उक्त आक्रमण इजरायलको इतिहासमै सबैभन्दा घातक थियो ।
यो अब इस्लामिक जिहादद्वारा जारी गरिएको ट्रुपानोभको चौथो भिडियो हो।
रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले पछिल्लो क्लिप सार्वजनिक हुनुअघि गरेको टिप्पणीमा ट्रुपानोभ र अर्का बन्धक म्याक्सिम हर्किनको रिहाइको आह्वान गर्नुभएको थियो ।
“हामी प्यालेस्टिनी समूहहरूद्वारा बन्दी बनाइएका सबै नागरिकहरूको तत्काल र बिना शर्त रिहाइका लागि हाम्रा देशवासीहरूलाई प्राथमिकता दिएर हाम्रो आह्वान दोहोर्याउँछौँ”, उहाँले भन्नुभयो ।
पैँतिस वर्षीय रुसी–इजरायली नागरिक हर्किनलाई नोभा सङ्गीत महोत्सवमा अपहरण गरिएको थियो ।
उक्त आक्रमणका क्रममा दुई सय २१ बन्धक अपहरण गरिएका थिए । तीमध्ये केही मृत अवस्थामा थिए ।
सन्तानब्बे जना अझै पनि बन्धक बनाइएका छन् भने ३४ जनाको मृत्यु भएको पुष्टि भएको छ तर तिनीहरूको शव गाजामै छन् । इजरायली आधिकारिक तथ्याङ्कको एएफपीले गरेको गणनाअनुसार हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सय छ जनाको मृत्यु भएको थियो ।
स्वास्थ्य मन्त्रालयका आँकडाअनुसार गाजामा भएको इजरायलको प्रतिक्रियात्मक अभियानमा हमास प्रशासित क्षेत्रमा ४३ हजार सात सय ६४ मानिसको मृत्यु
प्रतिक्रिया