इजरायलद्वारा सिरियामा हवाई आक्रमण, १५ जनाको मृत्यु
इजरायलले सिरियाको राजधानी दमास्कससहित आसपासका क्षेत्रमा हवाई आक्रमण गर्दा १५ जनाको मृत्यु भएको छ।सिरियाली सरकारी एजेन्सी सानाका अनुसार सो हमलामा अन्य १६ जना घाइते भएका छन्।
बिहीबार दमास्कसको माजेह र कुदसायामा दुईवटा भवनमा आक्रमण गरिएको थियो। मजेहमा रहेको पाँच तले भवनको बेसमेन्टमा क्षति पुगेको छ। इजरायली सेनाले इस्लामिक जिहाद संगठनका स्थानहरूलाई निशाना बनाएको दाबी गरेको छ। अक्टोबर ७, २०२३ मा भएको आक्रमणमा जिहाद पनि संलग्न रहेको इजरायलले आरोप लगाउदै आएको छ।
अक्टोबर ७ को घटनामा १,२०० भन्दा बढी इजरायली नागरिक मारिएका थिए भने २५० जनालाई हमासले बन्धक बनाएको थियो।
प्रतिक्रिया