मुम्बई विमानस्थल बमले उडाउने धम्की

मुम्बई विमानस्थल बमले उडाउने धम्की आएपछि सनसनी मच्चिएको छ । एक व्यक्तिले विमानस्थलको कन्ट्रोल रुममा बुधबार दिउँसो फोन गरेर उक्त धम्की दिएका थिए । 

जतिबेला एउटा जहाज अजरबैजानको लागि उड्ने तयारीमा थियो । फोन गर्ने व्यक्तिले मोहम्मद नाम गरेका व्यक्तिले विस्फोटक पदार्थ बोकेर अजरबैजान जाँदैछन् भनेर भनेका थिए । 

उक्त सूचनापछि उच्च सतर्कता अपनाउँदै प्रहरी परिचालन गरेर विस्तृत जाँच थालिएको थियो । तर, अहिलेसम्म त्यस्तो कुनै संदिग्ध व्यक्ति र वस्तु नभेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्रोतका अनुसार फोन गर्ने व्यक्तिले कुनै विशिष्ट फ्लाइटको उल्लेख नगरी दिउँसो लगभग ३ बजे फोन काटेका थिए ।  

प्रहरीको विशेष टोलीले फोन कलको स्रोत पत्ता लगाउन अनुसन्धान तीव्र बनाएको छ र चाँडै आरोपीको पहिचान गरिने विश्वास व्यक्त गरेको छ।यस घटनासँगै मुम्बई एयरपोर्टमा सुरक्षा सतर्कता कडा पारिएको छ ।