अफगानिस्तानका अलराउण्डर मोहम्मद नाबीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

अफगानिस्तानका अलराउण्डर मोहम्मद नाबीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। 

आगामी वर्ष पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीपछि एकदिवसीय खेलबाट सन्यास लिने उनको भनाइ छ । 

अफगानिस्तानलाई एकदिवसीयहुँदै टेस्ट मान्यता दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका ३९ वर्षीय नाबी सन् २००९ देखि अफगानिस्तानको राष्ट्रिय टिमका सदस्य छन् ।

१६७ एकदिवसीय खेल खेलेका नाबीले ३ हजार ६ सय रन बनाएका छन् । साथै उनको नाममा १७२ अन्तर्राष्ट्रिय विकेट पनि छ । 

मोहम्मद नाबी आईसीसीको वरीयातामा अहिले विश्वकै एक नम्बर अलराउण्डर हुन्।