विश्वशान्तिका लागि महायज्ञ सम्पन्न
काठमाडौँ, २५ कात्तिकः विश्वशान्ति र मानव कल्याणका लागि गरिएको अतिरुद्री विराट महायज्ञ विधिपूर्वक सम्पन्न भएको छ ।
नेपाल महर्षि वैदिक फाउन्डेसनले आयोजना गरेको महायज्ञ र वैदिक विज्ञान एवं आधुनिक विज्ञान दोस्रो महासम्मेलन आज सम्पन्न भएको हो । महायज्ञका संरक्षक स्वामी ज्ञानानन्द, फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटालगायतले पूर्णाहुति गरी महायज्ञ समापन गर्नुभएको हो ।
महर्षि नेपाल आउनुभएको स्वर्ण महोत्सवका अवसरमा महासम्मेलनसँगै विश्व कल्याणका लागि अतिरुद्री विराट महायज्ञ आयोजना गरिएको थियो । महर्षि महेश योगीले ५० वर्षअघि नेपाल आउँदा हिमालयको काखमा रहेको नेपालले वैदिक ज्ञानका माध्यमबाट विश्वलाई शान्तिको सन्देश दिन सक्ने उद्घोष गर्नुभएको थियो ।
बिहीबारदेखि सुरु भएको महायज्ञमा भावातीत ध्यान र सिद्धि साधना गरिरहेका एक हजार १११ वैदिक पण्डितले रुद्राभिषेक गरेका थिए ।
प्रतिक्रिया