अलीगढ मुस्लिम विश्वविद्यालय। सर्वोच्च अदालतको फैसलाबारे एएमयुका विद्यार्थीहरूले के के भनिरहेका छन्?
अल्पसङ्ख्यक दर्जाबारे सर्वोच्च अदालतको निर्णयप्रति अलिगढ मुस्लिम विश्वविद्यालयका विद्यार्थीहरूको प्रतिक्रिया पनि अहिले बाहिर आउँदै छ।
यस निर्णयमा खुसी व्यक्त गर्दै विश्वविद्यालयका एक विद्यार्थीले समाचार एजेन्सी एएनआईलाई भने, "यो अल्पसङ्ख्यक संस्था हो र हामी यो निर्णयलाई स्वागत गर्दछौँ। तर उनले भने कि विश्वविद्यालयले यो प्रमाणित गर्नुपर्छ। यसलाई प्रमाणित गर्न, तपाईँले इतिहासमा फर्केर जानुपर्छ। भवनमा हेर्नुहोस्। यसले के भन्छ भने एएमयू अल्पसङ्ख्यक संस्था हो। हामी समयसँगै यो प्रमाणित गर्नेछौँ। हामी सर्वोच्च अदालतबाट न्यायको अपेक्षा गरिरहेका थियौँ। सर्वोच्च अदालतको फैसलालाई हामी स्वागत गर्दछौँ।"
अर्का विद्यार्थीले भने, "यो हाम्रा लागि ऐतिहासिक क्षण थियो। हामी यसका लागि लामो समयदेखि प्रतिक्षामा थियौँ। सर्वोच्च अदालतको फैसलालाई हामी स्वागत गर्दछौँ। विश्वविद्यालयको प्रत्येक ईंटाले यो अल्पसङ्ख्यक संस्था हो भनेर सङ्केत गर्दछ।"
शुक्रबार, सर्वोच्च अदालतको सात न्यायाधीशको बेन्चले सन् 1967 को आफ्नो निर्णयलाई उल्टाएको थियो जसमा अलिगढ मुस्लिम विश्वविद्यालय जस्ता केन्द्रीय विश्वविद्यालयले अल्पसङ्ख्यक संस्थाको दर्जा पाउन सकेन।
सन् 1967 को फैसलाअनुसार एएमयूले अल्पसङ्ख्यकको दर्जा पाउँदैन किनभने यो कानुनमार्फत स्थापित भएको थियो।
प्रतिक्रिया