इजरायलका लागि जासुसी गरेको आरोपमा इरानाक चार जनालाई मृत्युदण्डको सजाय

इरानको एक अदालतले इजरायलका लागि जासुसी गरेको आरोपमा चार जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । 

इरानी समाचार एजेन्सी फार्सको रिपोर्टअनुसार चार अपराधीहरूको राष्ट्रियता खुलासा गरिएको छैन । तर उनीहरूमाथि सन् २०२० मा इरानी आणविक वैज्ञानिक मोहसेन फख्रिजादेहको हत्यामा प्रयोग भएको हतियार बोकेको र इजरायली गुप्तचर एजेन्सी मोसादलाई सहयोग गरेको आरोप छ । 

फख्रीजादेहलाई परमाणु हतियार क्षमता विकास गर्न गोप्य इरानी कार्यक्रमको मास्टरमाइन्ड मानिन्छ । इजरायल सुरुदेखि नै इरानको शत्रु राष्ट्र भन्दै आएको छ । यस्तो अवस्थामा इजरायली गतिविधिलाई लिएर इरानी प्रशासन निकै सजग रहने गरेको छ । इरानले विगतमा पनि इजरायली जासुसविरुद्ध कडा कारबाही गरेको थियो ।