अमेरिकाको राष्ट्रपतिाम ट्रम्पको जितपछि इरानले के भन्याे ?

अमेरिकाको राष्ट्रपतिको निर्वाचनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको जितपछि इरानले पनि प्रतिक्रिया दिएको छ ।

बुधबार सरकारी टिभी च्यानल आईआईबीमा इरान सरकारका प्रवक्ता फतेमेह मोहजेरानीले इरानमा ट्रम्पको विजयको सम्भावित प्रभावलाई अस्वीकार गरेका छन् । 

इरान र इजरायलबीच अहिले तनाव छ । इरानी सरकारका प्रवक्ताले भने, ‘अमेरिकी राष्ट्रपतिको चुनावले हाम्रो लागि केही अर्थ राख्दैन ।  अमेरिका र इरानमा सरकार परिवर्तनले खासै धेरै परिवर्तन हुनेवाला छैन । ह्वाइट हाउसमा जोसुकै बसे पनि यसले हाम्रा जनताको जीवनमा कुनै असर गर्दैन ।’ 

सन् २०१६ मा  आफ्नो पहिलो कार्यकालमा ट्रम्पले अमेरिकासँगको इरानको आणविक सम्झौता अन्त्य गरेका थिए । इरान र अमेरिकाबिच बाराक ओबामाको कार्यकालमा परमाणु सम्झौता भएको थियो । ह्वाइट हाउसमा ट्रम्पको पुनरागमन पछि इरानमाथि लगाइएको प्रतिबन्धलाई अझ बढाउने कुरामा कुनै शंका नभएको समाचार एजेन्सी एपीसँग कुरा गर्दै तेहरानका एक विद्यार्थीले भनेका छन् ।