ह्यारिसले गरिन् आजको सम्बोधन स्थगित

अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा आउँदै गर्दा डेमोक्रेटिक पार्टीकी उमेदवार कमला ह्यारिसले आज हुने भनिएको आफ्नो सम्बोधन रद्द गरेकी छन् ।

ठूलो संख्यामा कमला ह्यारिसका समर्थक उनको कार्यालय बाहिर जम्मा भएका छन् । यस्तो बेला उनको चुनावी अभियानमा संलग्न एक वरिष्ठ सदस्यले ह्यारिस आज सम्बोधन गर्न नआउने बताएका हुन् ।

मतगणनाको नतिजा सोचेजस्तो नआएपछि ह्यारिसको कार्यालयबाहिर रहेका कार्यकर्तामा पहिलेको जस्तो उत्साह देखिएको छैन । 

मतगणना जारी छ र कमला ह्यारिसका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले दुईवटा स्विङ राज्यमा जित निकालिसकेका छन् । यसमा उत्तरी क्यारोलिना र जर्जिया रहेका छन् ।