अमेरिकी राष्ट्रपतिमा ट्रम्प अगाडि

 अमेरिकामा मंगलबार भएको मतदानको अहिले मतगणना जारी छ । हालसम्म ट्रम्प अगाडि छन्।

मतगणनामा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसबीच प्रतिस्पर्धा भइरहेको छ।

आम चुनाव जित्न २७० इलेक्टोरल मत ल्याउनुपर्ने हुन्छ। हालसम्म ट्रम्पले १७८ इलेक्टोरल मत ल्याएका छन् भने ह्यारिसले ९१ इलोक्ट्रोरल मत ल्याएकी छिन्।

२६ प्रतिशत मतको गणना गर्दा ट्रम्पले ५३ दशमलव ७ प्रतिशत मत पाएका छन् भने डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले ४५ दशमलव १ प्रतिशत मत प्राप्त गरेकी छिन् ।