राष्ट्रपतिको निर्वाचन मतदान केन्द्रहरूमा बम बिष्फोटको धम्की
अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि मतदान चलिरहेकै बेला धेरैजसो मतदान केन्द्रहरूमा बम बिष्फोटको धम्की र अफवाह फैलाइएको छ ।
मतदातालाई रोक्नका लागि विभिन्न डोमेनहरूबाट यस्ता सूचना प्रवाह भइरहेको पाइएको छ । फेडरल ब्यूरो अफ इन्भेष्टिगेसन (एफबीआई) का अनुसार रुसी डोमेनहरूबाट आएका ती सूचनाहरू अफवाह फैलाउने उद्देश्यले पठाइएका हुन् ।
'चुनावको सुरक्षा र निष्ठा हाम्रो उच्च प्राथमिकतामा छ,' एफबीआईले भनेको, 'यस्ता धम्कीहरूबाट कुनै असर पर्दैन । हामीले त्यो सूचनाहरू विश्वासनीय भएको कुनै आधार पाएका छैनौँ ।'
प्रतिक्रिया