प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

 प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । सोमबार बेलुकीदेखि ज्वरो आएपछि प्रधानमन्त्री ओलीको मंगलबार रगत जाँच गरिएको थियो ।

डेंगु भएको आशंकामा रगत जाँच गर्दा डेंगु भने नदेखिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।ज्वरो आएर अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीले मंगलबार अत्यावश्यकबाहेक अन्य भेटघाट गरेका थिएनन् । प्रधानमन्त्री निवास बालुवाटारमै उनी आराम गरिरहेका छन् ।