जिम्बाब्वेमा ड्युटीमा रहेका प्रहरीलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध

 जिम्बाब्वे सरकारले तत्कालै लागू हुने गरी ड्युटीमा रहेका प्रहरीलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्धको जानकारी एक ज्ञापनपत्र मार्फत दिइएको छ । जसमा प्रहरीलाई ड्युटीमा रहँदा कुनै पनि प्रकारको व्यक्तिगत कुराकानीका लागि मोबाइल फोन प्रयोग नगर्न निर्देशन दिइएको छ।

सबै अधिकारीहरूलाई प्रहरी चौकी पुग्ने बित्तिकै आफ्नो पर्यवेक्षकलाई मोबाइल फोन बुझाउन भनिएको छ । ब्रेकको समयमा मात्र मोबाइल फोन प्रयोग गर्न अनुमति दिइएको छ । ज्ञापनपत्रमा यो प्रतिबन्ध लगाउनुको कुनै कारण नदिइएको छैन । यद्यपि, यसलाई प्रहरी विभागमा रहेको भ्रष्टाचार घटाउने प्रयास भएको मानिएको छ ।

जिम्बाब्वेको राजधानी हरारेमा दुई ट्राफिक प्रहरीलाई सार्वजनिक यातायातका सवारी साधनबाट घूस लिइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यो निर्णय गरिएको हो ।