बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार :
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका १ गमहरीयामा साउन ६ गते लालबकैया खोलाको लच्कापुल तर्ने क्रममा बीच भागमा अलपत्र परेका सात टोली र स्थानीय प्रहरीले सकुशल उद्धार गरेको छ ।
सो लच्कापुल तर्ने क्रममा केही व्यक्तिहरु बीच भागमा पुगेपछि बाढिको प्रभावले त्यस ठाउमा अड्कीएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल,नेपाल सुरक्षा बेश लक्ष्मीपुरबाट एपीएफ टोली खटिएको थियो ।
यसैगरी पर्सा जिल्लाको छिपहरमाई गाँउपालिका १ स्थित ओरिया खोलामा साउन ६ गते पानीको बहाब बढ्न गई सोही ठाउँ बस्ने नन्दु साहको घर डुवानमा परेर सो घर भित्र अलपत्र परेका ९ जनाको एपीएफ टोली र स्थानीय प्रहरीले सकुशल उद्धार गरेको छ ।
सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भिष्वाबाट एपीएफ टोली खटिएको थियो । यसैगरी झापा जिल्लाको बुद्धशान्ति गाँउपालिका ७ स्थित मुर्तिडाँडामा पहिरो गई तेजराज बराईलीको घर पुरिदा सोही जिल्लाको मेची नगरपालिका ९ मागुरबारी बस्ने १५ बर्षिय बिबेक दंगाल बेपत्ता भएका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश टिमाईबाट एपीएफ टोली खटिई गई उनको खोज तथा उद्वार कार्यमा जुटेको छ । यसैगरी रौतहट जिल्लाको कठरिया नगरपालिका १ भोसेरुवा बस्ने २५ वर्षिय बैजु यादव स्थानीय बकैया खोलामा बाढिले बगाएर ल्याएको दाउरा तान्ने क्रममा साउन ७ गते खोलाले बगाएर बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश जंगलशैयाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरी उनको खोजी कार्यमा जुटेको छ ।
यसैगरी लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गाउँपालिका ३ तरापुमा साउन ७ गते पहिरो जाँदा १८ घर पुरिएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल,नेपाल आश्रित गुल्म लमजुङ्गबाट खटिएको एपीएफ टोली र स्थानीय वासिन्दाले उक्त पहिरोमा परेका दुई जनाको सकुशल उद्वार गरेको छ ।
खोलाले बगाएका व्यक्तिको शव फेला पर्सा जिल्लाको जगरनाथपुर गाँउपालिका ६ माधवपुरस्थित नौरङ्गिया खोलाले बगाई बेपत्ता भएका एक जनाको शब एपीएफ टोली र स्थानीय प्रहरीले फेलापारेको छ ।
सोही ठाउँ बस्ने १७ बर्षिय कृष्ण पट्टेल पौडी खेल्ने क्रममा खोलाले बगाई बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएपछि खोजी कार्यको लागिसशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस पोखरियाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उनको शव खोलाको किनारमा फेला पारेको हो ।
एपीएफ टोलीद्वारा श्रोत नखुलेको २० लाख रुपैयाँसहित पक्राउ
सिरहा जिल्लाको सिरहा नगरपालिका १९ सोहरुवा स्थित सीमा ईलाकाबाट साउन ६ गते राति एपीएफ टोलीले श्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको अर्नामा गाँउपालिकाको लक्ष्मीपुर बस्ने ३७ बर्षिय सुकदेव ठाकुर छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका निज ठाकुरलाई एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित रुपैयाँ फेला परेको तथा निज ठाकुरले उक्रु पैयाँको श्रोत खुलाउन नसकेपछि सो रकमसहित उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका निज ठाकुरलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको छ ।
चोरीपैठारी निकासीको सामान बरामद
पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाँउपालिका ७ जगनाथपुर स्थित सीमा ईलाकाबाट एपीएफ टोली र स्थानीय प्रहरीले चार लाख २५ हजार रुपैयाँ बराबरको चोरीनिकासीको केराउ बरामद गरेको छ ।
लु २ च १८२२ नम्बरको ट्रयाक्टरमा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त केराउ सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गुठीपर्सौनीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले बरामद गरेको हो ।
त्यसवेला उक्त केराउ लैजान प्रयोग भएको सो ट्याक्टर समेत बरामद गरिएको छ । बरामद केराउ तथा उक्त ट्याक्टर स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । बरामद केराउ तथा ट्याक्टरको भन्सार दाखिला मुल्य १४ लाख २५ हजार रुपैयाँ रहेको छ ।
यसैगरी झापा जिल्लाको मेची नगरपालिका १५ स्थित सीमा ईलाकाबाट साउन ६ गते एपीएप टोलीले करीब ६ लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा औषधी बरामद गरेको छ ।
भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा तथा औषधी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैगरी धनुषा जिल्लाको जनकनन्दनी गाँउपालिका ३ मौवाबाट साउन ६ गते राति एपीएफ टोली र स्थानीय प्रहरीले करीब ६ लाख ४६ हजार रुपैयाँ बराबरको केराउ र छोकडा बरामद गरेको छ ।
सो ठाउँको एक घरमा उक्त सामान लुकाई छिपाई राखेको भन्ने विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खजुरीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उल्लेखित मुल्य बराबरको केराउ र छोकडा बरामद गरेको हो । बरामद सामान स्थानीय प्रहरीमा बुझाइएको छ ।
प्रतिक्रिया