अमेरिकाले भारतीय कम्पनीहरूमाथि लगाएको प्रतिबन्धबारे भारतको विदेश मन्त्रालयले के भन्यो?

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले शनिबार साप्ताहिक प्रेस ब्रीफिंगमा भारतीय कम्पनीहरूमाथि अमेरिकी प्रतिबन्धको बारेमा कुरा गरे।

"हाम्रो बुझाइमा यी कम्पनीहरूले भारतीय कानुन उल्लङ्घन गरेका छैनन्। यस विषयमा स्पष्टताका लागि हामी अमेरिकासँग सम्पर्कमा छौँ। भारतले यी प्रतिबन्धित कम्पनीहरूसँग समन्वय गर्दै उनीहरूलाई निर्यातसँग सम्बन्धित नियमहरूबारे जानकारी दिइरहेको छ। हामी यस सन्दर्भमा सम्बन्धित विभाग र एजेन्सीहरूसँग काम गरिरहेका छौं।"

अक्टोबर 30 मा अमेरिकाले युक्रेनमा रुसको युद्ध प्रयासलाई सहयोग गरेकोमा 19 भारतीय कम्पनी र दुई भारतीय नागरिकसहित करिब 400 कम्पनी र व्यक्तिमाथि प्रतिबन्ध लगाएको थियो।

रुसले युक्रेन युद्धमा प्रयोग गरिरहेको सामान यी कम्पनीहरूले रुसलाई उपलब्ध गराएको आरोप अमेरिकाले लगाएको छ।