अमेरिकामा पहिलो पटक सुँगुरमा बर्ड फ्लू पुष्टि

अमेरिकामा पहिलो पटक सुँगुरमा ‘एच५एन१ बर्ड फ्लू’ देखिएको छ ।

त्यहाँको कृषि मन्त्रालय (युएसडीए)ले बताएअनुसरा पहिलो पटक अमेरिकामा सुँगुरमा ‘एच५एन१ बर्ड फ्लू’ पुष्टि भएको छ । यस भाइरसलाई थप फैलिन नदिन भाइरस संक्रमित सुँगुर भेटिएको फार्मलाई क्वारेन्टाइन गरिएको छ । 

भेडा र बाख्रा समेत अन्य फार्मका जनावरहरूको पनि अनुगमन भइरहेको यूएसडीएले भनेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाले छापेको समाचारका अनुसार ओरेगनको कृषि विभागले गत शुक्रबार राज्यको एउटा फार्ममा सुँगुरमा बर्ड फ्लुको पहिलो मामिला भेटाएको थियो । 

यूएसडीएको राष्ट्रिय पशु चिकित्सा सेवाको प्रयोगशालाहरूले मंगलबार फार्ममा पाँच मध्ये एक सुँगुर बर्ड फ्लुबाट संक्रमित भएको पुष्टि गरेको थियो । अमेरिकामा सुँगुरमा बर्ड फ्लु देखिएको यो पहिलो पटक हो ।