साइकल चलाउँदा मोबाइल प्रयोग गर्नेलाई ६ महिना जेल सजाय हुने

जापानमा साइकल चलाउँदा मोबाइल प्रयोग गर्न निषेध गरिएको छ । यो नियम शुक्रबारदेखि लागु भएको हो ।

साइकल चलाउँदा मोबाइल प्रयोग गरेको पाइएमा अधिकतम ६ महिना जेल सजाय हुने प्रावधान जापानले लागु गरेको हो । जापानको संशोधित सडक कानुन अनुसार साइकल चलाएको अवस्थामा मोबाइल प्रयोग गरेको पाइएमा अधिकतम ६ महिना जेल वा एक लाख येन (जापानी मुद्रा) जरिवाना हुने छ ।

जापानी सञ्चारमाध्यमका अनुसार कोभिड महामारीका क्रममा जापानमा सार्वजनिक सवारी साधन प्रयोगकर्ताको संख्या घट्नुका साथै साइकल प्रयोगकर्ता बढेका थिए ।पछिल्लो समय जापानमा साइकल चालकसँग सम्बन्धित दुर्घटना बढेका कारण पनि नयाँ नियम बनाइएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

संशोधित कानुन अनुसार मदिरा सेवन गरेर साइकल चलाएको पाइएमा तीन वर्षसम्म जेल र पाँच लाख येन जरिवाना हुने छ ।