लेबनानको बालबेकमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु

पूर्वी लेबनानको बालबेक र वरपरका सहरहरूमा भएको इजरायली हमलामा परी ११ जनाको मृत्यु हनुको साथै १४ जना घाईते भएको  लेबनानको राष्ट्रिय समाचार एजेन्सीले बिहिबार जनाएको छ ।  

एजेन्सीका अनुसार बालबेक जिल्लाको बुडे गाउँको एउटा घरमा इजरायली आक्रमणले एकै घरका श्रीमान, श्रीमती र उनीहरूका दुई बच्चाहरूको ज्यान गएको हो ।स्रोतका अनुसार अर्को आक्रमणमा मकनेह गाउँमा आमाबाबु र उनीहरूका चार सन्तानसहित छ जनाको परिवारको मृत्यु भएको थियो भने अन्य छ जना घाइते भएका थिए ।यसै गरी  बालबेक सहरको दक्षिणी प्रवेशद्वारमा चारवटा इजरायली हवाई आक्रमणले एक महिलाको ज्यान लिनुका साथै  अन्य पाँच जना घाइते भएका छन् भने एउटा घर ध्वस्त भएको छ ।

डौरिस सहरको कस्र अल उलुम छिमेकको आवासीय क्षेत्रमा भएको अर्को आक्रमणमा तीन जना घाइते भएका छन् भने विस्फोटबाट नजिकैका दर्जनौं भवन, व्यवसाय र संस्थाहरूलाई क्षति पुगेको छ ।

अहिलेसम्म बालबेक–हर्मेल गवर्नरेट र मध्य बेका क्षेत्रमा इजरायलले एक हजार भन्दा बढी आक्रमणको गरेको छ  जसको परिणामस्वरूप ६२८ जनाको मृत्यु भएको छ भने एक हजार ६९  भन्दा बढी घाइते भएका छन् । 

चिनियाँ राष्ट्रपति सी र युएईका राष्ट्रपति मोहम्मद बीच बधाई तथा शुभकामना आदान–प्रदान

चिनियाँ राष्ट्रपति सी र युएईका राष्ट्रपति मोहम्मद बीच बधाई तथा शुभकामना आदान–…

पाकिस्तानमा पोलियो विरुद्धको खोप अभियानमा बम विष्फोट, सात जनाको मृत्यु

पाकिस्तानमा पोलियो विरुद्धको खोप अभियानमा बम विष्फोट, सात जनाको मृत्यु

रूसी हस्तक्षेपको आरोप प्रत्यारोपबीच मोल्दोभामा राष्ट्रपतिका लागि आइतबार निर्णायक मतदान हुँदै

रूसी हस्तक्षेपको आरोप प्रत्यारोपबीच मोल्दोभामा राष्ट्रपतिका लागि आइतबार निर्णायक…

पाकिस्तानका राष्ट्रपतिकाे विमानबाट ओर्लिने क्रममा खुट्टा भाँचियाे

पाकिस्तानका राष्ट्रपतिकाे विमानबाट ओर्लिने क्रममा खुट्टा भाँचियाे

बंगलादेशमा हसिनाको दल अवामी लिगको केन्द्रीय कार्यलय तोडफोड र आगजनी

बंगलादेशमा हसिनाको दल अवामी लिगको केन्द्रीय कार्यलय तोडफोड र आगजनी

पटाका पड्काउन प्रतिबन्ध लगाइए पनि नयाँदिल्लीमा वायुको गुणस्तरमा सुधार हुन सकेन

पटाका पड्काउन प्रतिबन्ध लगाइए पनि नयाँदिल्लीमा वायुको गुणस्तरमा सुधार हुन सकेन

हिजबुल्लाहले गाजा मोर्चालाई समर्थन गरेर अपनाएको युद्ध रणनीति जारी राख्ने

हिजबुल्लाहले गाजा मोर्चालाई समर्थन गरेर अपनाएको युद्ध रणनीति जारी राख्ने

फोहोर बोक्ने ट्रकबाट ट्रम्पकाे चुनावी र्‍याली

फोहोर बोक्ने ट्रकबाट ट्रम्पकाे चुनावी र्‍याली