बंगलादेशमा हसिनाको दल अवामी लिगको केन्द्रीय कार्यलय तोडफोड र आगजनी

 बंगलादेशमा शेख हसिनाको सरकार ढलेपछि पनि उनको र गठबन्धन दलको समस्या कम हुने संकेत देखिएको छैन । हसिनाको पार्टी अवामी लिग र गठबन्धन दलका नेताहरू अन्तरिम सरकारको कार्यको सिकार भइरहेका छन् ।

यसैबीच अहिले ढाकास्थित राष्ट्रिय पार्टीको केन्द्रीय कार्यालयलाई पनि प्रदर्शनकारीले निशाना बनाएका छन् । उनीहरुले पहिले कार्यालयमा तोडफोड गरेपछि आगजनी गरेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

बंगलादेशमा १५ वर्ष शासन गर्ने शेख हसिनाको पार्टीले यस वर्ष अगस्टमा विद्यार्थी आन्दोलनको सामना गर्नुपरेको थियो जसमा उनको सरकार सत्ताबाट हटाइएको थियो ।

बंगलादेश सन् १९७१ मा स्वतन्त्र भएको थियो । बंगलादेशमा स्वतन्त्रतादेखि नै आरक्षण प्रणाली लागू छ। यसअन्तर्गत स्वतन्त्रता सेनानीका सन्तानलाई ३० प्रतिशत, पिछडिएका जिल्लाका युवालाई १० प्रतिशत, महिलालाई १० प्रतिशत, अल्पसंख्यकलाई ५ प्रतिशत र अपाङ्गता भएकालाई एक प्रतिशत आरक्षणको व्यवस्था गरिएको थियो ।

यसरी बंगलादेशमा सरकारी जागिरमा ५६ प्रतिशत आरक्षण थियो । २०१८ मा, बंगलादेशका युवाहरूले यस आरक्षणको विरोधमा प्रदर्शन गरे। केही महिनाको आन्दोलनपछि बंगलादेश सरकारले आरक्षण अन्त्य गरेको घोषणा गरेको छ ।

गत जुन ५ मा, बंगलादेशको सर्वोच्च अदालतले देशमा पुरानो आरक्षण प्रणाली पुन: लागू गर्न आदेश दिएको थियो । शेख हसिना सरकारले सर्वोच्च अदालतको फैसलाविरुद्ध अपिल पनि गरेको थियो तर सर्वोच्चले उक्त आदेशलाई कायम राखेको थियो ।

यसबाट विद्यार्थीहरु आक्रोशित भएका छन् र उनीहरुले विरोध गर्न थालेका छन् । बंगलादेशका विश्वविद्यालयहरूबाट सुरु भएको यो विरोध पछि हिंसामा परिणत भयो ।


 

पाकिस्तानमा पोलियो विरुद्धको खोप अभियानमा बम विष्फोट, सात जनाको मृत्यु

पाकिस्तानमा पोलियो विरुद्धको खोप अभियानमा बम विष्फोट, सात जनाको मृत्यु

रूसी हस्तक्षेपको आरोप प्रत्यारोपबीच मोल्दोभामा राष्ट्रपतिका लागि आइतबार निर्णायक मतदान हुँदै

रूसी हस्तक्षेपको आरोप प्रत्यारोपबीच मोल्दोभामा राष्ट्रपतिका लागि आइतबार निर्णायक…

पाकिस्तानका राष्ट्रपतिकाे विमानबाट ओर्लिने क्रममा खुट्टा भाँचियाे

पाकिस्तानका राष्ट्रपतिकाे विमानबाट ओर्लिने क्रममा खुट्टा भाँचियाे

पटाका पड्काउन प्रतिबन्ध लगाइए पनि नयाँदिल्लीमा वायुको गुणस्तरमा सुधार हुन सकेन

पटाका पड्काउन प्रतिबन्ध लगाइए पनि नयाँदिल्लीमा वायुको गुणस्तरमा सुधार हुन सकेन

हिजबुल्लाहले गाजा मोर्चालाई समर्थन गरेर अपनाएको युद्ध रणनीति जारी राख्ने

हिजबुल्लाहले गाजा मोर्चालाई समर्थन गरेर अपनाएको युद्ध रणनीति जारी राख्ने

फोहोर बोक्ने ट्रकबाट ट्रम्पकाे चुनावी र्‍याली

फोहोर बोक्ने ट्रकबाट ट्रम्पकाे चुनावी र्‍याली

भारतीय बजारमा भारतका लागि फ्रान्सेली राजदूतको स्मार्टफोन चोरी भएपछि...

भारतीय बजारमा भारतका लागि फ्रान्सेली राजदूतको स्मार्टफोन चोरी भएपछि...

इन्डोनेसियाको समुद्री तटमा ९० रोहिङ्ग्या शरणार्थी अलपत्र अवस्थामा

इन्डोनेसियाको समुद्री तटमा ९० रोहिङ्ग्या शरणार्थी अलपत्र अवस्थामा