भारतीय बजारमा भारतका लागि फ्रान्सेली राजदूतको स्मार्टफोन चोरी भएपछि...

छिमेकी देश भारतमा भारतका लागि फ्रान्सेली राजदूतको स्मार्टफोन चोरहरुले चोरेका छन् र भारतीय प्रहरीले ५ दिनपछि चोरहरुलाई पक्राउ गरेर चोरेको स्मार्टफोन भेटेको छ।

दिल्लीको चाँदनीचोक बजारबाट फ्रान्सेली राजदूत थियरी माथाउको मोबाइल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। एक अधिकारीले बुधबार सो जानकारी दिएका भारतीय मिडियाहरुमा उल्लेख छ। अधिकारीले बताएअनुसार, मथाउ र उनकी श्रीमती अक्टोबर २० मा चाँदनी चोक बजारमा किनमेल गर्न गएका थिए, जब उनीहरूको खल्तीबाट मोबाइल चोरी भयो।

करवा चौथ र दीपावलीका कारण बजारमा भीडभाड हुने गरेको श्रोतलाई उदृत गर्दै रिपोर्टमा भनिएको छ, जसको फाइदा उठाउँदै अभियुक्तहरुले खल्तीबाट फोन चोरेर फरार भएका थिए। उनले घटनाका क्रममा मथाउ र उनकी श्रीमतीसँगै सुरक्षाकर्मी नभएको बताए। राजदूत बजारमा आएको स्थानीय प्रहरीलाई समेत जानकारी नभएको उनले बताए।

समाचारअनुसार, एक वरिष्ठ प्रहरी अधिकारीले दूतावासबाट अक्टोबर २१ मा घटनाको जानकारी प्राप्त भएको बताएका छन्। चोरहरूको पहिचान गर्न ५० भन्दा बढी सीसीटीभी क्यामराको फुटेज जाँच गरी प्रहरीको टोली गठन गरिएको थियो, जसले अक्टोबर २६ तारिखमा घटनाको छानबिन गरेको थियो।

दुई अभियुक्त शादाब र उमेश उर्फ ​​चेलालाई पक्राउ गरिएको र उनीहरुबाट मोबाइल फोन पनि बरामद गरिएको अधिकारीले बताएका छन्।

प्रहरीकाअनुसार, मयुर विहारका निवासी शादाबलाई सीसीटीभी फुटेजमा मुख्य संदिग्धको रूपमा देखिएको थियो। “प्राविधिक र खुफिया जानकारीको सहयोगमा, उनको पहिचान गरियो र पछि उनको घरबाट पक्राउ गरियो,” अधिकारीले भने। उत्तर प्रदेश गाजियाबाद निवासी उमेशबाट मोबाइल फोन बरामद भएको मिडिया रिपोर्टमा उल्लेख छ।

दुवै अभियुक्तको विगतमा आपराधिक रेकर्ड रहेको र चाँदनीचोक र वरपरका अन्य पर्यटकहरुलाई पनि निशाना बनाएको अधिकारीले बताएका छन्।