ह्यारिसले जिते तेस्रो विश्वयुद्धमा लाखौं मानिस मारिनेछन् : ट्रम्प
नोभेम्बर ५ मा हुन लागेको अमेरिकी राष्ट्रपतीय चुनावका प्रत्याशी डोनाल्ड ट्रम्पले अर्की प्रत्याशी कमला ह्यारिसले जिते तेस्रो विश्वयुद्धमा सयौं मानिस मारिने टिप्पणी गरेका छन् ।
आफ्ना समर्थकहरूका सामु उनले यस्तो बताएका हुन् । अमेरिकी राष्ट्रपतिका लागि ह्यारिस पूर्णतया अयोग्य भएको जिकिर गर्दै ट्रम्पले भने, “सबैलाई थाहा छ कि उनी पूर्णतया अयोग्य छिन् । कसैले उनलाई सम्मान गर्दैनन्, कसैले उनीमाथि विश्वास गर्दैनन्, कसैले उनलाई गम्भीर रूपमा लिँदैन ।”
ह्यारिस राष्ट्रपति बने भने उनले लाखौं मानिसहरूलाई तेस्रो विश्वयुद्धमा धकेल्ने आरोप पनि उनले लगाए ।यसअघि डेमोक्रेटिक पार्टीकी राष्ट्रपति पदका उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्पलाई निशाना बनाएकी थिइन् ।
नोभेम्बर ५ मा अमेरिकी राष्ट्रपतीय चुनाव सम्पन्न हुँदैछ । चुनावी मैदानमा ट्रम्प र ह्यारिस छन् ।
प्रतिक्रिया