चन्द्रमामा अनुसन्धान केन्द्र बनाउने उदेश्यसहित चीनले  पठायाे आफ्ना तीन अन्तरिक्ष यात्री

चीनले चन्द्रमामा अनुसन्धान केन्द्र बनाउने उदेश्यसहित आफ्ना तीन अन्तरिक्ष यात्री पठाएको छ । ती यात्रीले अन्तरिक्षमा वैज्ञानिक खोजसँगै चन्द्रमामा मान्छे बसेर अनुसन्धान गर्न सकिने स्टेसन बनाउने विषयमा अनुसन्धान गर्नेछन् ।

चीनले चन्द्रमामा मान्छे बस्न सकिनेगरी अनुसन्धान केन्द्र बनाएमा अन्तरिक्ष क्षेत्रमा यो सबैभन्दा ठूलो उपलब्धि हुनेछ । चीनलेसन् २०३० सम्म चन्द्रमामा मान्छे बसोबास गर्न सक्नेगरी अनुसन्धान केन्द्र बनाउने लक्ष्य राखेको छ ।

चन्द्रमामा मानव बसोबास गर्न सकिने स्टेसन बनाउन चीनले यसअघि नै चन्द्रमाको माटो र चट्टानको नमुना संकलन गरिसकेको थियो । चीनले सन् २००३ मा सबैभन्दा पहिले मानवसहितको मिसन सुरु गरेको थियो । चीनले चन्द्रमामा मान्छे ओरालेमा अमेरिकापछि चन्द्रमामा मान्छे पठाउने दोस्रो देश हुनेछ ।

चीनलाई सन् २०११ मा अमेरिकाले अन्तर्राष्ट्रिय स्पेस स्टेसनबाट निकालेको थियो । त्यसपछि चीनले आफ्नै अन्तरिक्ष स्टेसन बनाउने योजना बनाएको थियो ।

चीनको अन्तरिक्ष यात्री टोलीमा दुई पुरुष र एक महिला छन् । यो टोली सन् २०२५ को अप्रिल वा मे महिनासम्म अन्तरिक्षमा रहनेछ ।