नुवाकोटमा सरसफाइ डिभिजन कार्यालय स्थापना

काठमाडौँ, १२ कात्तिक : नुवाकोटमा खानेपानी तथा सरसफाइ डिभिजन नं. ६ को कार्यालय स्थापना भएको छ । बागमती प्रदेश सरकारअन्तर्गतको उक्त कार्यालय आज बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले उद्घाटन गर्नुभयो ।

राज्य पुनःसंरचना पश्चात गाभिएका कार्यालयको कार्यक्षेत्र धेरै हुँदा योजना तथा कार्यक्रम गुणस्तरीय हुन नसकेको महसुस गरी कार्यालय विस्तार गरिएको मुख्यमन्त्री लामाले बताउनुभयो । बागमती प्रदेश सरकारको गत असोज १९ गतेको निर्णयअनुसार विगतमा डिभिजन नं. २ धादिङको कार्यक्षेत्रअन्तर्गत नुवाकोट र रसुवा रहेका थिए । हाल रसुवाको लागि विदुरमा कार्यालय स्थापना गरिएको छ । 
 
नयाँ कार्यालय स्थापनासँगै नुवाकोट र रसुवाका लागि चालु आवदेखि कार्यान्वयन गर्न लागिएका योजना तथा कार्यक्रम, बजेट र कर्मचारी सुनिश्चित गरिएको छ । प्रदेशको ऊर्जा तथा सिँचाइ सचिव मोहनकुमार शाक्यकाअनुसार नुवाकोटमा सङ्घीय सरकारबाट प्राप्त ३२ वटा योजनाको लागि रु एक करोड ७५ लाख र प्रदेश सरकारबाट दुई सय २३ वटा योजनाका लागि रु २४ करोड ५६ लाख ६० हजार बजेटसहित डिभिजन कार्यालयलाई जिम्मेवारी हस्तान्तरण गरिएको छ ।

रसुवाका लागि सङ्घीय सरकारबाट प्राप्त नौ वटा योजनाका लागि रु ५३ लाख र प्रदेश सरकारबाट ८९ वटा योजनाका लागि रु आठ करोड ४० लाख बजेट डिभिजन नं. ६ विदुरलाई जिम्मेवारीसहित हस्तान्तरण गरिएको छ । योजना तथा बजेटसहित दिलीपकुमार शाह प्रमुख रहने गरी डिभिजनका लागि आवश्यक कर्मचारीको प्रबन्ध मिलाएको जनाइएको छ । 
 

रियल म्याड्रिडद्वारा राति पेरिसमा हुने बालोन डो अर अवार्ड सेरोमनी बहिष्कार

रियल म्याड्रिडद्वारा राति पेरिसमा हुने बालोन डो अर अवार्ड सेरोमनी बहिष्कार

लोकतन्त्र बचाउन लाग्दा मधेसको शिक्षा र स्वास्थ्य ध्वस्त : पूर्वराष्ट्रपति यादव

लोकतन्त्र बचाउन लाग्दा मधेसको शिक्षा र स्वास्थ्य ध्वस्त : पूर्वराष्ट्रपति यादव

डेङ्गी सङ्क्रमण  स्वास्थ्य शाखाले बजार क्षेत्रमा घरदैलो अभियान सुरु

डेङ्गी सङ्क्रमण स्वास्थ्य शाखाले बजार क्षेत्रमा घरदैलो अभियान सुरु

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित  आईजिपि रनिङ कप पुरूष भलिबल प्रतियोगिता २०८१ सम्पन्न

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित आईजिपि रनिङ कप पुरूष…

बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्छ : अध्यक्ष नेपाल

बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्छ : अध्यक्ष नेपाल

सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु, आठ घाइते

सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु, आठ घाइते

विश्वभरका सङ्गीतका विद्यार्थीको सातौँ प्रशिक्षण क्याम्प नेपालमा

विश्वभरका सङ्गीतका विद्यार्थीको सातौँ प्रशिक्षण क्याम्प नेपालमा

प्रयासलाई बलियो बनाउन उत्तर कोरियाली सैनिकको तैनाथी पुटिनको ‘निराशा’को संकेत

प्रयासलाई बलियो बनाउन उत्तर कोरियाली सैनिकको तैनाथी पुटिनको ‘निराशा’को संक…