विश्व बजारमा आयो ‘डिजिटल कन्डम’

 वास्तविक कन्डम उत्पादक जर्मन कम्पनी बिली ब्वाइले डिजिटल कन्डम एप ‘क्यामडोम’ ल्याएको छ । बिली ब्वाईले उक्त एप बनाएर सार्वजनिक गरेको जर्मन अखबारडेक्कन हेराल्डको अनलाइन संस्करणमा समाचार छापिएको छ ।

यसले भर्चुअल दुनियामा अन्तरङ्ग क्षणहरूमा रमाइरहेका प्रयोगकर्तालाई सुरक्षित राख्ने विश्वास गरिएको छ । एपले सहमति बिना तस्बिरहरू खिच्न, छायाङ्कन गर्न, अडियो/भिडियो रेकर्ड गर्नबाट रोक्छ । डिजिटल अन्तरङ्गताको समयमा यो एप खोलेर बस्दा यसको प्रयोग वास्तविक कन्डम जस्तै सजिलो रहेको कम्पनीको दाबी छ ।

क्यामडोम प्रयोग गर्दा प्रयोगकर्ताहरूले आ–आफ्नो फोनलाई निकटमा ल्याएर भर्चुअल बटन स्वाइप डाउन गर्नु पर्छ भने यो बटनले फोनमा भएका क्यामरा र माइक्रोफोन सबै ब्लक गरिदिन्छ ।

दुई मध्ये एक जनाले पनि फोनबाट फोटो खिच्न वा भिडियो वा आवाज रेकर्ड गर्न खोजे भने एपले प्रयोगकर्तालाई सूचना दिन्छ । एपले सम्भावित खतराबारे प्रयोगकर्तालाई सूचित गर्छ ।

क्यामडोमले अनलाइन मञ्चहरूमा सहजै चुहिने अनि फैलिन सक्ने गोप्य अडियो भिडियो र फोटोहरुको सुरक्षा गर्ने कम्पनीले दावी गरेको छ ।