अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले छापा हाने

लम्की - कैलालीको लम्कीचुहा नगरपालिकामा अघिल्लो आर्थिक वर्षको मिति राखेर नगरपालिकाका कर्मचारीले आवासगृहमै कानून विपरीत चेक काटेको समाचार सञ्चार माध्यममा प्रकाशन र प्रशारण भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले छापा हानेको हो।

अख्तियार कञ्चनपुरका प्रमुख खगेन्द्र रिजालले आर्थिक बर्ष सकिए पनि पूरानो मिति राखेर भुक्तानी भईरहेको उजुरी आएपछि टोली लम्कीचुहा पठाईएको जानकारी दिनुभायो। अख्तियारको टोलीले नगरपालिकाका अन्य कागजात समेत नियन्त्रणमा लिएको खबर प्राप्त भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ शुरु भइसके पनि कानून विपरीत लम्कीचुहाका कर्मचारी आवासगृहमै बसेर चेक काटिरहेका थिए ।
यसअघि नगरपालिकाका लेखा अधिकृत धर्मराज उपाध्याय, लेखापाल सरोजकुमार चौधरीलगायत कर्मचारीहरु आवासगृहमा बसेर चेक काटिरहेको अवस्थामा फेला परेका समाचार सञ्चार माध्यमबाट बाहिरिएको थियो ।