लेबनानको टायरमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौँ, १२ कात्तिकः लेबनानको टायर शहरको मध्य क्षेत्रमा सोमबार भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै  दश जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भग्नावशेष हटाउने तथा पिडितको खोजी गर्ने काम जारी छ । 

उद्धारकर्ताले ‘स्ट्रेचर’ मा हाली घाइतेहरुलाई एम्बुलेन्समा लग्दै गरेको तथा घटनास्थलमा धुवाँको मुस्लोको वीच आगो निभाउन काम गरिरहेको एएफपीले देखाएको छ । 

युनेस्कोको विश्व सम्पदा स्थल भएको प्राचीन तटीय सहर, टायर गत हप्ता भएको इजरायली आक्रमणको सिकार भएको थियो। आक्रमणबाट टायरका मध्य भागहरू भग्नावशेषमा परिणत भएका छन् । 

गाजा युद्धलाई लिएर इरानसमर्थित समूहसँग सीमापार गोलीबारीको एक वर्षपछि इजरायलले गत महिना हिजबुल्लाहको गढमा हवाई आक्रमण बढाएको थियो भने लेबनानमा स्थलगत रुपमा सेना पठाएको थियो ।