लेबनानमा पाँच इजरायली सैनिक मारिए

इजरायली सेनाले आइतबार दक्षिण लेबनानमा पाँच सैनिक मारिएको बताएको छ । योसँगै सेप्टेम्बर ३० मा स्थल अभियान सुरु भएयता त्यहाँ लड्ने सैनिकहरूको मृत्यु सङ्ख्या ३७ पुगेको छ ।

“सैनिकहरू दक्षिण लेबनानमा लडाइँका क्रममा मारिए”, उनीहरू शनिबार मारिएको उल्लेख गर्दै सेनाले एक विज्ञप्तिमा भनेको छ ।

हिजबुल्लाहले हमासले अघिल्लो दिन इजरायलमा गरेको अभूतपूर्व आक्रमणपछि प्यालेस्टिनी लडाकू समूहको समर्थनमा सन् २०२३  अक्टोबर ८ देखि इजरायलमाथि रकेट प्रहार गर्न थालेको थियो ।

इजरायलले गत महिनाको अन्त्यमा लेबनानमाथि आफ्ना हवाई आक्रमणहरू उल्लेखनीय रूपमा बढाउनुअघि दक्षिण लेबनानमा स्थल अभियानहरू सुरु गरेको थियो ।

आधिकारिक आँकडाहरूमा आधारित एएफपीको गणनाअनुसार सेप्टेम्बर २३ देखि युद्धमा लेबनानमा कम्तीमा एक हजार छ सय १५ मानिस मारिएका छन् । यद्यपि तथ्याङ्कमा रहेको कमीका कारण वास्तविक सङ्ख्या योभन्दा बढी हुन सक्छ ।