इजरायली आक्रमणलाई अतिरञ्जित र न्यूनीकरण गर्न नहुने इरानको भनाइ

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इरानमाथि इजरायलले गरेको आक्रमणलाई अतिरञ्जित गर्न वा कम आँक्न नहुने बताउनुभएको छ । 

“दुई दिन पहिले इजरायलले गरेको दुष्टतालाई अतिरञ्जित वा कम गर्नु हुँदैन,” उहाँले एक्समा एक पोस्टमा भन्नुभएको छ। उहाँले थप्नुभयो, इजरायलद्वारा गरिएको ‘घातक आक्रमण’ लाई ‘गलत अनुमान’ को रूपमा वर्णन गरिएको छ।

तेहरानले इरान समर्थित लडाकू नेताहरू र रिभोल्युसनरी गार्डका कमान्डरको हत्याको बदलामा अक्टोबर १ मा गरेको क्षेप्यास्त्र आक्रमणको जवाफमा इजरायलले शनिबार इरानमा रहेका सैन्य स्थलहरूमा हवाई आक्रमण गरेको थियो ।

उक्त आक्रमणमा परी कम्तीमा चार इरानी सैनिकको मृत्यु भएको र यसले केही राडार प्रणालीमा ‘सीमित क्षति’ पु¥याएको इरानले जनाएको छ ।इजरायली सेनाले तेहरानलाई जवाफी आक्रमण गरेमा यसको परिणाम राम्रो नहुने चेतावनी दिएको छ ।

त्यसपछि इरानी अधिकारी र सञ्चारमाध्यमले इजरायली आक्रमणलाई कम महत्व दिँदै इरानको रक्षात्मक क्षमतालाई उजागर गरेका छन् तर प्रत्यक्ष प्रतिक्रियाको कुनै प्रतिज्ञा गरेका छैनन्।

खामेनीले आफ्नो पोस्टमा इजरायलले इरान र इरानी युवाको शक्ति, इच्छाशक्ति र पहललाई बुझ्नुपर्ने बताउनुभएको छ।