इजरायली हवाई हमलामा लेबनानका तीन पत्रकार मारिए

 दक्षिणी लेबनानमा इजरायली हवाई हमलामा तीन पत्रकारको ज्यान गएको छ । हसबायाको एउटा होटलमा आक्रमण हुँदा तीन जना पत्रकार मारिएका हुन् ।

जहाँ सातवटा विभिन्न मिडिया आउटलेटका १८ जना पत्रकारहरू बसिरहेका थिए । मारिनेहरू मध्ये दुई जना अल-मायादीन टिभीका थिए भने तेस्रो हिज्बुल्लाहद्वारा सञ्चालित अल-मनार टिभीका क्यामेराम्यान थिए ।