दिल्लीको हावाको स्तर ४०० एक्यूआई माथि उक्लियो

भारतको राजधानी दिल्लीको हावाको स्तर झनै खराब बनेको छ ।

आइतबार राजधानीका केही क्षेत्रमा हावाको गुणस्तर  ४०० एक्यूआईमाथि उक्लिएको छ । आनन्द विहार आसपासको वायुको गुणस्तर ४०५ मा रेकर्ड गरिएको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी)ले यसलाई गम्भीर श्रेणीमा राखेको छ ।

अलीपुरको एक्यूआई पनि ४०३ पुगेको छ । बवाना, जहांगीरपुरी, नेहरु नगर, सोनिया बिहार र विवेक विहार क्षेत्रमा पनि एक्यूआई इन्डेक्स ४०० माथि छ । यी क्षेत्रहरू बाहेक, दिल्लीका धेरैजसो क्षेत्रहरूमा एक्यूआई ३५० देखि ४०० को बिच मापन भएको छ । 

अन्य केही क्षेत्रहरूको एक्यूआई ३०० देखि ३५० बिच रहेको छ । यी सबैको अर्थ हावा खराब स्तरमा छ भन्ने हो ।