इजरायलको आक्रमण खेपेकै दिनमा इरानमा अर्को आतंकवादी हमला ,१० सुरक्षा अधिकारीको मृत्यु

इजरायलको आक्रमण खेपेकै दिनमा इरानमा अर्को आतंकवादी हमला भएको छ। बलुचेस्तान प्रान्तको तफ्तान काउन्टीमा भएको भिडन्तमा इरानका १० सुरक्षा अधिकारीको मृत्यु भएको छ। 

आतंकवादीसँगको सशस्त्र भिडन्तमा १० प्रहरी अधिकारी र सैनिकको मृत्यु भएको तेहरान टाइम्सले जनाएको छ।अज्ञात बन्दुकधारीहरूले प्रहरी गस्तीमा आक्रमण गरेपछि झडप भएको थियो।

यद्यपी आक्रमणको जिम्मा इरान भित्र जैश अल अदल भनेर चिनिने आतंकवादी समूहले लिएको छ। घटना स्थल तेहरानबाट करिब १२०० किलोमिटर दक्षिणपूर्व पाकिस्तान नजिक पर्छ।  

इरानका गृहमन्त्री इस्कन्दर मोमानीले घटनाको  तत्काल छानबिन गर्न आदेश दिएका छन् । आफुलाई न्याय र समानताको सेना ठान्ने यो समूहले सरकारलाई बेला बखतमा धक्का दिदै आएको छ।