इजरायली आक्रमणपछि इरानद्वारा प्रभाव स्थगित गरेका आफ्ना उडानहरू पुनः सुचारु

इरानले पछिल्लो पटक सैन्य स्थलहरूलाई लक्षित गरी गरीएको इजरायली आक्रमणको प्रभाव स्वरुप स्थगित गरेका आफ्ना उडानहरू पुनः सुरु गरेको तस्निम समाचार एजेन्सीले शनिबार इरानको नागरिक उड्डयन प्राधिकरणका प्रवक्तालाई उद्धृत गर्दै जनाएको छ ।

इजायलले इरानको राजधानी तेहरानमा शनिबार आक्रमण गरेको जनाइएको छ । इजरायलले देशबाट ‘महिनौं निरन्तर आक्रमण’ को जवाफमा ‘इरानमा सैन्य लक्ष्यहरूमा सटीक आक्रमण’ गरेको पुष्टि गरेको छ ।

इजरायलले अक्टोबर १ मा इरानमाथि गरेको क्षेप्यास्त्र आक्रमणको जवाफ दिने वाचा गरेको थियो, जुन इस्लामिक गणतन्त्रले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि गरेको दोस्रो प्रत्यक्ष आक्रमण हो । इजरायली सेनाले एक विज्ञप्तीमार्फत इरानबाट भइरहेको महिनौंको निरन्तर आक्रमणको प्रतिक्रार स्वरुप इरानी सैन्य लक्ष्यहरूमा सटीक आक्रमण गरेको बताएको छ ।

आक्रमणपछि इरानले शनिबार सबै उडानहरू स्थगित गरेको उड्डयन प्राधिकरणले घोषणा गरेको थियो ।