इजरायलको आक्रमण रोकिएपछि इरानले खुलायो हवाई सेवा

 इरानले आफ्नो उडान सेवा सुचारु गरेको छ ।

इरानको नागरिक उड्डयन मन्त्रालयले स्थानीय समय अनुसार बिहान ९ बजेदेखि सबै उडान सेवा सामान्य रूपमा सुरु भएको जनाएको हो । इरानमा इजरायलले हवाई आक्रमण गरेपछि इराकले आफ्नो हवाई सेवा बन्द गरेको थियो ।

यसअघि इजरायली सेनाले इरानका ‘सैन्य लक्ष्यहरूमा सटिक आक्रमण’ गरिरहेको बताएको थियो । पछि इरानले पनि इजरायलले आफ्नो सैन्य अखडालाई लक्षित गरी हवाई आक्रमण गरेको बताएको थियो । इरानको वायुसेनाले इजरायलले तेहरान, खुजेस्तान र इलाम प्रान्तमा रहेको सैन्य शिविरलाई निशाना बनाएको जनाएको थियो ।

इजरायली सेनाले इरानका धेरै क्षेत्रमा आफ्नो सटीक हमला पूरा गरिसकेको छ र उसका विमानहरू सुरक्षित रूपमा फर्किएको भन्दै केही समयअघि इरानी रक्षा बल (आईडीएफ) ले एउटा विज्ञप्ति जारी गर्दै भनेको थियो ।