दुईवटा हल्का विमान आपसमा ठोकिँदा ३ जनाको मृत्यु

अस्ट्रेलियाको  सिड्नीदेखि दक्षिणपश्चिम क्षेत्र शनिबार दुईवटा हल्का विमान आपसमा ठोकिँदा ३ जनाको मृत्यु भएको छ। 
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान भएको विमान दुर्घटनामा तीन जना अपरिचित व्यक्तिको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ।  

उनीहरूको पहिचान पत्ता लगाउने प्रयास भइरहेको बताइएको छ।