युएईको ओडिआई टोलीको कप्तानबाट मोहम्मद वासिमकाे राजीनामा

मोहम्मद वासिमले युएईको ओडिआई टोलीको कप्तानबाट राजीनामा दिएका छन् ।

शुक्रवार वासिमले कप्तानीबाट राजिनामा घोषणा गरेका हुन् । विकेटकिपर ब्याट्सम्यान राहुल चोपडालाई नयाँ कप्तानको रुपमा नियुक्त गरिएको छ ।

चोपडाले नोभेम्बरको सुरुमा ओमानमा हुने आइसिसी क्रिकेट विश्व कप लिग २ को अर्को चरणको खेलमा युएईको कप्तानी गर्नेछन्।

‘एकदिवसीय क्रिकेटमा आफ्नो ब्याटिङमा ध्यान केन्द्रित गर्न मैले कप्तानबाट राजीनामा दिने निर्णय गरेको छु । नयाँ कप्तानलाई मेरो शुभकामना छ, म उनलाई पूर्ण सहयोग गर्नेछु ,’ वासिमले भनेका छन् ।

३० वर्षीय वासिमले सन् २०२३ को मार्चमा नेपालविरुद्धको खेलबाट ओडिआई टोलीको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा युएईले केवल ७ ओडिआई जितेको थियो भने १९ मा हार बेहोरेको थियो ।

टि ट्वान्टी आईमा भने वासिमले नै कप्तानी गर्नेछन् ।