बिमा प्राधिकरणबाट रु एक करोड हस्तान्तरण

काठमाडौँ, ८ कात्तिकः प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बीमा प्राधिकरणले आज रु एक करोड हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आज सिंहदरबारमा सोको चेक हस्तान्तरण गर्नुभएको हो ।