एप्पलले आईफोन १६ उत्पादन किन घटायाे ?

अपेक्षा गरे अनुसार आईफोन १६ बिक्री नभएपछि एप्पलले उत्पादन घटाउने भएको छ । एप्पल विश्लेषक मिङ-चि कुओले मिडियममा पोस्ट राख्दै कम्पनीले उत्पादन घटाउन लागेको जानकारी दिएका हुन् । 

कुओका अनुसार कम्पनीले २०२४ को अन्तिम त्रैमासिकदेखि २०२५ को मध्यसम्म एक करोड युनिट फोन कटौती गर्न लागेको छ । कम्पनीले प्लस र प्रो मोडेल कम उत्पादन गर्ने रणनीति बनाएको बताइएको छ । २०२४ को अन्तिमसम्म एप्पलले आठ करोड ४० लाख युनिट फोन उत्पादन गर्ने बताइएको छ । यसअघि कम्पनीले आठ करोड ८० लाख युनिट उत्पादन गर्ने योजना बनाएको थियो । 

सन् २०२५ को पहिलो त्रैमासिकमा कम्पनीले चार करोड ६० लाख युनिट उत्पादन गर्ने लक्ष राखेको छ भने २०२५ को दोस्रो त्रैमासिकमा तीन करोड ९० लाख युनिट उत्पादन गर्ने जनाएको छ  

कम्पनीले आईफोन १६ कम उत्पादन गरे पनि आम्दानीमा भने तत्कालै केही असर पर्ने छैन । किनभने एप्पलको सबैभन्दा महँगो फोन आईफोन १६ प्रो म्याक्स उक्त समयमा सबैभन्दा बढी बिक्री हुने अपेक्षा गरिएको छ । तर, यसको असर भने सन् २०२५ को पहिलो त्रैमासिकमा देखिनेछ । 

एप्पलको आम्दानीमा २०२३ को चौथो त्रैमासिकमा कुनै ठूलो असर पर्ने अनुमान छैन, किनभने २०२३ को चौथो त्रैमासिकमा उत्पादन र बिक्री भएको आईफोनहरूको सङ्ख्या यस वर्षभन्दा धेरै फरक थियो। यसमा पनि सहयोग पुग्छ कि लाइनअपको सबैभन्दा महँगो मोडल, आईफोन १६ प्रो म्याक्स, उक्त त्रैमासिकमा सबैभन्दा बढी बिक्री हुने अपेक्षा गरिएको छ।

कम्पनीले फोन कम उत्पादन हुने राजस्वमा पर्ने असर भने २०२५ को पहिलो त्रैमासिकमा देखिनेछ । खासगरी आईफोन एसई फोरको लन्चले गर्दा औसत मूल्य घट्ने सम्भावना छ ।एप्पल इन्टेलिजेन्सको विस्तारले बिक्री बढाउने कम्पनीको अपेक्षा थियो । तर, नयाँ मोडेलतर्फ प्रयोगकर्ताको आकर्षण त्यति धेरै देखिएको छैन । एप्पलले क्यामेरा क्याप्चर बटन र एआईलाई नै सबैभन्दा पृथक फिचर बनाएको थियो ।

एप्पलले यसअघि पनि आईफोन १६ को उत्पादन ३० लाख युनिटले घटाएको बताइएको थियो । आईफोन १६ को बिक्री वार्षिक रूपमा १५ प्रतिशतले घटेको विभिन्न रिपोर्टको दाबी छ ।