सन् २०२६ विश्वकपमा नौ वा दश अफ्रिकी देशले भाग लिने : फिफा अध्यक्ष

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कम्तीमा नौ अफ्रिकी टोलीले संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडामा हुने सन् २०२६ को विश्वकपमा प्रतिस्पर्धा गर्ने मङ्गलबार पुष्टि गर्नुभएको छ ।

इथियोपियाको राजधानी अदिस अबाबामा मङ्गलबार अफ्रिकी फुटबलको ४६औँ कन्फेडेरेसन (सिएएफ) को साधारणसभामा बोल्ने क्रममा उहाँले भन्नुभयो, “सन् २०२६ मा हुने विश्वकपमा नौ वा दश अफ्रिकी देशले भाग लिनेछन् ।” । 

उहाँले यो वृद्धि फिफाको विस्तारित विश्वकप ढाँचाअनुसार गरिने जानकारी दिनुभयो ।उहाँले अफ्रिकी देशहरूलाई महादेशका युवा फुटबल खेलाडीहरूको क्षमतामा थप लगानी गर्न र बाहिर निकाल्न आग्रह गर्नुभयो । “म तपाइँ सबैलाई युवा फुटबलमा लगानी जारी राख्न प्रोत्साहित गर्दछु किनभने ती युवायुवतीहरू भोलिका ताराहरू हुन्” उहाँले भन्नुभयो ।

फिफाले महिला विश्वकपमा सहभागी अफ्रिकी टोलीको सङ्ख्या छ पुयाउनेबारे पनि विचार गरिरहेको उहाँले बताउनुभयो ।मोरक्कोले सन् २०३० मा फिफा विश्वकप आयोजना गर्ने तयारी गरेको छ । मोरक्को विश्वकप आयोजना गर्ने दोस्रो अफ्रिकी मुलुक बन्नेछ ।


सम्मेलनको उद्घाटन सत्रमा इथियोपियाका अध्यक्ष तायेओन सेलासीले सिएएफलाई सन् २०२९ अफ्रिका कप अफ नेसन्स प्रतियोगिता आयोजना गर्न इथियोपियालाई समर्थन गर्न अपिल गर्नुभयो ।

पूर्व अफ्रिकी फुटबल स्टारहरू स्यामुएल इटो, जे–जे ओकोचा, एल–हदजी डिउफ ४६औं सिएएफ साधारण साधारणसभामा सहभागी हुनुहुन्थ्यो ।