अब युक्रेनमा लडाइँ बन्द गरौँ : चीनका राष्ट्रपति सी

चीनका राष्ट्रपति सी जिनपिङले बुधबार ब्रिक्स समूहका नेताहरूलाई युक्रेनमा ‘लडाइँ नबढाउन’ आग्रह गरेका छन् । सम्मेलनमा रुसी समकक्षी भ्लादिमिर पुटिन पनि उपस्थित थिए ।

करिब विश्वका २० नेता मध्य शहर कजानमा भेला भएका छन् । ब्रिक्स सम्मेलन पुटिनले २०२२ मा युक्रेनमा सेना पठाएदेखि रुसमा भएको सबैभन्दा ठूलो कूटनीतिक मञ्च हो ।

युक्रेन सङ्कट लम्बिँदै गएको छ । स्थिति जतिसक्दो चाँडो शान्त होस् भनेर हामीले तीन सिद्धान्तहरूको पालना गर्नुपर्छ । अब थप लडाइँ नगर्न सम्बन्धित पक्षहरूले आगोमा घिउ थप्ने काम बन्द गर्नुपर्छ,’ सीले बुधवार भने ।

 

यसैबीच, चीन परम्परागत रूपमा प्यालेस्टिनी पक्षप्रति सहानुभूतिशील रहेको भन्दै राष्ट्रपति सीले गाजामा सकेसम्म चाँडो ‘युद्धविराम’का लागि बेइजिङको धारणा दोहोर्याए ।

‘सम्बन्धित पक्षहरूबीचको सङ्घर्ष थप बढ्दै गएको छ,’ उनले भने, ‘हामीले अब हत्या रोक्नुपर्छ र प्यालेस्टिनी मुद्दाको व्यापक, न्यायोचित र दीर्घकालीन समाधानका लागि अथक प्रयास गर्नुपर्छ ।’