‘डिजिटल कनेक्टिभिटी’मा नयाँ युगको सुरुआत भएको छः प्रधानमन्त्री ओली

काठमाडाैँ, ७ कात्तिकः प्रधानमन्त्री केपी शर्मा ओलीले दूरदराजका क्षेत्रमा सञ्चार सम्पर्क विस्तार गर्ने क्रममा डिजिटल कनेक्टिभिटीका क्षेत्रमा नयाँ युगको सुरुआत भएको बताउनुभएको छ । 

वर्तमान सरकारको एकसय दिने कार्यसम्पादनका उपलब्धि सार्वजनिक गर्दै आज प्रधानमन्त्री ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्रालयले सम्पन्न गरेको ‘फाइबर टु द होम’ (एफटिटिएच) सेवा विस्तार महत्वपूर्ण उपलब्धिका रुपमा रहेको उल्लेख गर्नुभयो ।