अमेरिका राष्ट्रपतीय निर्वाचनमा बिल गेट्सले ह्यारिसलाई समर्थन गर्ने

अमेरिकामा राष्ट्रपतीय निर्वाचन आउन एक महिनाभन्दा कम समय बाँकी रहेको छ ।


राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीको तर्फबाट कमला ह्यारिस मैदानमा उत्रेकी छिन भने रिपब्लिकन पार्टीको तर्फबाट पूर्व राष्ट्रपती डोनाल्ड ट्रम्प मैदानमा आएका छन् । शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा यती बेला दुवै उम्मेदवारले विभिन्न समूहको समर्थन पाइरहेका छन् ।


यसैबीच अमेरिकीअर्बपति र माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले ह्यारिसलाई करिब ५० मिलियन डलर सहयोग गरेको खबर बाहिरिएको छ ।


बिल गेट्सले ह्यारिसलाई समर्थन गर्ने फ्युचर फरवार्ड नामक समूहलाई सहयोग गरेका छन् । गेट्सले डेमोक्र्याट उम्मेदवारलाई सार्वजनिक रूपमा समर्थन नगरेकाले उक्त सहयोगलाई गोप्य राखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । सहयोग गरेको खबर गोप्य राखिएको भए पनि आम सञ्चारमाध्यमहरूमा सहयोगको खबर छापिएपछि बिल गेट्सले आफ्नो प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन् ‘अमेरिका र विश्वभर स्वास्थ्य सेवामा सुधार, गरिबी न्यूनीकरण र जलवायु परिवर्तनविरुद्ध लड्ने स्पष्ट प्रतिबद्धता देखाउने उम्मेदवारलाई म समर्थन गर्छु । मैले विभिन्न राजनीतिक नेताहरूसँग काम गरेको लामो इतिहास छ, तर यो चुनाव फरक छ। अमेरिकीहरू र विश्वभरका मानिसहरूका लागि यसको फरक महत्त्व छ।