रियलकाे पुनरागमन जितमा भिनिसियस् जुनियरकाे ह्याट्रिक

 युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले डोर्टमण्डलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।पहिलो हाफमा २-० ले पछि परेको रियल म्याड्रिडले दोस्रो हाफमा ५ गोल गर्दै शानदार कमब्याक गरेको थियो । रियल म्याड्रिडको जितमा भिनिसियस् जुनियरले ह्याट्रिक गरेका थिए ।

एन्टोनियो रुडीगेर र लुकास भाजक्वेजले एक/एक गोल गरेका थिए ।  डोर्टमण्डका लागि डोनीयल मालेन र जामी बिनोय गिटनले एक/एक गोल गरेका थिए ।

यो यस सिजनको च्याम्पियन्स लिगमा रियल म्याड्रिडको दोस्रो जित हो । ३ खेलमा ६ अंक हासिल गरेको रियल म्याड्रिड नवौं स्थानमा रहेको छ । डोर्टमण्डको पनि ३ खेलमा ६ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ ।