शेन्झाउ–१९ क्रू स्पेसक्राफ्ट प्रक्षेपण गर्ने तयारीमा चीन

काठमाडौँ, ६ कात्तिकः  चीन मानवयुक्त अन्तरिक्ष एजेन्सी (सिएमएसए) ले शेन्झाउ–१९ क्रु अन्तरिक्ष यान र लङ मार्च–२ एफ क्यारियर रकेटको संयोजन प्रक्षेपण क्षेत्रमा सारिएको बताएको छ । 

सिएमएसएका अनुसार प्रक्षेपण स्थलमा सुविधा र उपकरणहरू राम्रो अवस्थामा छन् । यहाँ विभिन्न पूर्व प्रक्षेपण समारोह जाँच र संयुक्त परीक्षण योजना अनुसार गरिनेछ ।

निकट भविष्यमा उपयुक्त समयमा स्पेससिप प्रक्षेपण गरिने सिएमएसएले जनाइएको छ ।