टेस्लाका २४ लाख गाडीमाथि सडक सुरक्षा निकायले अनुसन्धान गर्ने

 अमेरिकाको सडक सुरक्षा निकायले टेस्लाका २४ लाख गाडीमाथि अनुसन्धान गर्न थालेको छ । मानवीय क्षतिसहित चार दुर्घटनापछि टेस्लाको पूर्ण स्वचालित सफ्टवेयरलाई लिएर छानबिन हुन लागेको हो ।

अमेरिकाको राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासनले गत शुक्रबार हुस्सु, तुवालो, धुलोलगायत अवस्थामा टेस्लाको सेल्फ ड्राइभिङ सिस्टममाथि छानबिन गर्न थालेको बताएको हो ।

सन् २०१६ देखि २०२४ सम्मका एस र एक्स मोडल छानबिनमा परेका छन् । यस्तै, सन् २०१७ देखि २०२४ सम्मका मोडल ३, सन् २०२० सन् २०२४ सम्मका मोडल वाई र सन् २०२३ देखि सन् २०२४ सम्मका साइबर ट्रकमाथि छानबिन हुने बताइएको छ ।

टेस्लाका सीईओ एलन मस्क ईभी गाडीदेखि अब स्वचालित रोबोट्याक्सी सार्वजनिक गरी स्वचालित गाडीको विकासतर्फ लागेका छन् । यस्तोमा टेस्लाका ठूलो संख्याका गाडी छानबिनमा तानिएका हुन् ।