विश्वकप जितेको खुसी, गितार बजाएर सेलिब्रेशन

न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराउँदै टी-२० विश्वकपको उपाधि जितेको छ ।

न्युजिल्यान्डका खेलाडीहरूले पहिलो टी-२० विश्वकप जितेको खुसीयालीमा गीत गाए। अवार्ड समारोहपछि न्युजिल्यान्डका खेलाडीहरु अलराउन्डर अमेलिया केरले गिटार बजाइन् भने उनको साथमा पुरै टिमले गीत गाएका थियो।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले इन्स्टाग्राममा भिडियो पोस्ट गरेको छ । जसमा न्युजिल्यान्डका खेलाडीहरु गीत गाएको देखिएका छन् । भिडियोलाई छोटो समयमै २ लाखभन्दा बढीले लाइक गरेका छन् । उनी ट्रफी अगाडि राखेर गीत गाएको देखिन्छ । भिडियोको कमेन्ट सेक्शनमा फ्यानले न्युजिल्यान्ड टिमको धेरै प्रशंसा गरेका छन् । यसको भिडियो सामाजिक सञ्जालमा निकै छिटो भाइरल भयो । जसलाई जनताले निकै रुचाइरहेका छन् ।

फाइनल खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गरेको थियो । जितमा न्यूजिल्याण्डका हरेक खेलाडीले महत्वपूर्ण योगदान दिए । टोलीको जितमा अमेलिया केरले सर्वाधिक योगदान दिएकी थिइन् । ब्याटिङबाट रन बनाएपछि बलिङमा पनि उनले ३ विकेट लिए ।