इजरायली सेनाले भन्यो : सिनवार बन्दुक र साढे सात हजार डलरसहित फेला परेका थिए

 इजरायली सेनाले हमासका राजनीतिक प्रमुख याह्मी सिनवार बन्दुक र सात हजार सात सय अमेरिकी डलरसहित भेटिएका खुलाएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)का प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले सिनवार बन्दुक र नगदसहित इजरायली सेनाको फन्दामा परेको बताएका छन् ।  उनले तेलअबिबमा मिडिया ब्रिफिङका क्रममा यस्तो बताएका हुन् । हगारीले भनेका छन्, 'इजरायली सेनाले रफाहको ताल एल सुल्तान क्षेत्रमा घर-घरमा दौडिरहेका तीन 'आतंकवादी' लाई पहिचान गरेपछि सिनवार पनि त्यही मारिएका थिए ।'

हगारीका अनुसार सिनवार भागिरहेकै बेला इजरायलीले सेनाले उनीमाथि आक्रमण गरेको थियो ।