साइबर अपराधसम्बन्धी कसुरमा श्रीलंकाबाट २३० चिनियाँ पक्राउ

 श्रीलंकाली प्रहरीले अनलाइन ठगीमा अन्तर्राष्ट्रिय बैंकहरूलाई लक्षित गरेको आरोपमा दुई सय ३० भन्दा बढी चिनियाँलाई पक्राउ गरेको छ ।

यस कार्यमा बेइजिङबाट पठाइएका सुरक्षा अधिकारीहरूको सहयोग रहेको मंगलबार श्रीलंकाली विदेशमन्त्री विदेशमन्त्री विजिता हेराथले जनाएका छन् । 

उनका अनुसार गत साता गरिएको प्रहरी छापामा कथित ठगीमा प्रयोग गरिएका दुई सय ५० कम्प्युटर र पाँच सय मोबाइल फोन पनि जफत गरिएको हो । उनले कति रकम चोरी भएको थियो भन्नेबारे अनुसन्धान जारी रहेको बताए । 'उनीहरूले विशेषगरी विदेशी बैंक र वित्तीय संस्थाहरूलाई लक्षित गरेका छन्,' हेराथले छापामा लक्षित गिरोहहरूका बारेमा भनेका छन् । कोलम्बोस्थित चिनियाँ दूतावासले श्रीलंकाली प्रहरीसँग ‘विशेष अभियान’ सञ्चालन गर्न सुरक्षा अधिकारीहरूको एउटा ‘कार्य समूह’ पठाएको थियो । 

'ठूलो सङ्ख्यामा आपराधिक संदिग्धहरू पक्राउ परेका छन्,' दूतावासले वक्तव्यमार्फत भनेको छ, 'स्वदेश फिर्ता र अन्य कामहरू जारी छन् ।' सबैभन्दा ठूलो शनिबार भएको छापामा प्रहरीले एक सय २६ चिनियाँ पुरुषका साथै दुई भियतनामी, एक थाई र एक फिलिपिनोलाई पक्राउ गरिएको थियो ।

श्रीकङ्कासँग बलियो दूरसञ्चार पूर्वाधार छ । मुलुकको आर्थिक पतन हुनुभन्दा तीन वर्षअघि सन् २०१९ को जुन–अप्रिलमा श्रीलंका दक्षिण एसियामा फाइभ जी नेटवर्क सुरु गर्ने पहिलो मुलुक थियो । दूतावासको विज्ञप्तिमा चीनमा साइबर अपराधीहरूमाथिको कडाइले केहीलाई विदेशमा आपराधिक अवसरहरू खोज्न प्रेरित गरेको हुनसक्ने बताइएको छ । 'चीन श्रीलङ्कासँग कानून कार्यान्वयन सहयोग थप सुदृढ गर्न तयार छ,' विज्ञप्तिमा भनिएको छ । 

जुनमा प्रहरीले अर्का दुई सय जना संदिग्धलाई पक्राउ गरेको थियो । उनीहरू मुख्यतया भारतीय थिए । उनीहरूमाथि पनि अनलाइन वित्तीय ठगी दूतावासको विज्ञप्तिमा चीनमा साइबर अपराधीहरूमाथिको कडाइले केहीलाई विदेशमा आपराधिक अवसरहरू खोज्न प्रेरित गरेको हुनसक्ने बताइएको छ । 'चीन श्रीलंकासँग कानून कार्यान्वयन सहयोग थप सुदृढ गर्न तयार छ,' विज्ञप्तिमा भनिएको छ । 

जुनमा प्रहरीले अर्का दुई सय जना संदिग्धलाई पक्राउ गरेको थियो । उनीहरू मुख्यतया भारतीय थिए । उनीहरूमाथि पनि अनलाइन वित्तीय ठगी सञ्चालन गरेको आरोप लगाइएको थियो ।