वेस्ट बैंकमा हमास नेटवर्कका प्रमुख मारिए

 हमासले शुक्रबार राति वेस्ट बैंकको तुलकर्ममा हमास नेटवर्कका प्रमुख कमान्डर जाही यासेर अब्द अल–राजेक ओफीको मृत्यु भएको पुष्टि गरेको छ । 

हमासको सशस्त्र शाखा अल–कसाम ब्रिगेडले आफ्ना आपराधिक निर्णयहरूको मूल्य चुकाउनु पर्ने चेतावनी दिए । ओफीले सेप्टेम्बर २ मा एटेरेटमा कार बम आक्रमणको प्रयासको योजना बनाएको र नेतृत्व गरेको थियो । 

बिहीबार उत्तरी वेस्ट बैंकमा रहेको तुलकर्म शरणार्थी शिविरलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले एक संक्षिप्त जनाएको छ ।